काठमाडौं । व्यवसायी शंकर अग्रवाल फेरि पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरी ९सीआईबी०ले बुधबार डिल्लीबजारबाट उनलाई पक्राउ गरेको हो ।
शंकर ग्रुपका अध्यक्षसमेत रहेका उनी बैंक कसुरमा पक्राउ गरिएको जनाइएको छ । यसअघि छोरा सुलभ अग्रवाललाई पक्राउ गरेपछि उनलाई रिहा गरिएको थियो । स्वास्थ्यका कारण उनलाई पक्राउ नगर्न आग्रह गर्दै आरोपको जिम्मेवारी आफूले लिने बताएको स्रोतले जनाएको छ ।
सीआईबीका प्रमुख तथा एआईजी उमाप्रसाद चतुर्बेदीका अनुसार शंकर अग्रवाललाई अदालत बुझाउने तयारी गरिएको छ । सीआईबीले जारी गरेको विज्ञप्तिमा नेपाल राष्ट्र बैकको प्रत्र जाहेरीले वादी नेपाल सरकार प्रतिवादी दीपक भट्टसमेत भएको बैकिङ कसुर तथा सजाँय ऐन २०६४ अन्तर्गतको कसुरमा अग्रवाललाई डिल्लीबजारबाट पक्राउ गरि उच्च अदालत, पाटनमा उपस्थित गराईएको उल्लेख छ ।