आज बुधबारको आर्थिक राशिफल !

आजको आर्थिक राशिफल (२०८२ बैशाख ११ गते, बुधवार) अनुसार प्रत्येक राशिका लागि आर्थिक पक्षमा के कस्तो प्रभाव पर्नेछ भन्ने जानकारी तल प्रस्तुत गरिएको छ:

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज चन्द्रमा तपाईंको राशिबाट सातौं स्थानमा छ, जसले व्यापारमा मिश्रित परिणाम दिनेछ। मेशिनरी सामान सम्बन्धी व्यापारीहरूले विशेष नाफा आर्जन गर्न सक्नेछन्। बैंक र वित्तीय संस्थासँग आवद्ध कर्मचारी तथा व्यापारीलाई शुभ समाचार मिल्ने सम्भावना छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आर्थिक लाभको समय छ। दैनिक कारोबार बढेर जानेछ। अचल सम्पत्ति कारोबारीहरूले नयाँ ग्राहकहरूसँग पर्याप्त छलफल गर्न पर्ला। बैंक तथा वित्तीय क्षेत्रबाट ऋण, लोन आदिको अपेक्षा गरिरहेकाहरूको सो सम्बन्धि बाधा अड्काउ हट्नेछ। नयाँ व्यवसायको लागि मार्गप्रशस्त होला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

बिनाकारण धन हानि हुनसक्नेछ। दैनिक कारोबारमा ध्यान दिन आवश्यक छ। व्यापारमा एकाग्रताको कमीले आर्थिक व्यय हुनसक्नेछ। रियल स्टेट, वेब मिडिया को व्यापार सन्तुलित रहनेछ। तत्त्कालिन लाभ लिन सकिने प्रकृतिका व्यवसायमा घाटा हुने भएपनि दीर्घकालीन लगानीको लागि भने आजको दिन शुभ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

बहकावले अनावश्यक हानि हुनसक्छ। साझेदारी व्यवसायमा विश्वास कायम राख्न मुस्किल पर्ला। गैर नाफामूलक संस्थाको लागि आज पब्लिक रिलेशन राम्रो हुनेछ। पब्लिक कम्पनी, सरकारी कामसँग सम्बन्धित व्यवसाय राम्रो हुनेछ भने निजी क्षेत्रको बैंक वित्तीय संस्था तथा बीमासँगको कारोबार सहज रहने छैन।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आजको दिन सुखद रहने छ। दैनिक कारोबारमा बढोत्तरी हुनेछ। आर्थिक आम्दानीको नयाँ स्रोत पत्ता लाग्न सक्छ। नयाँ वस्त्रादि तथा वाहन लिन सकिनेछ। परम्परागत पेशामा रहनेहरूले भरपूर लाभ लिने समय रहेको छ। बैंकिंग तथा बीमा क्षेत्रमा हुनेहरूको लागि आजको दिन शुभ रहेको छ। आक्रामक प्रवृत्ति हावी हुनसक्छ, सावधानी जरुरी छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

समय मध्यम रहेको छ। मानसिक असन्तोषको कारण व्यापार, व्यवसायमा सोचे जस्तो परिणाम मिल्ने छैन। दैनिक कारोबारमा हानि हुनसक्नेछ। रियल स्टेट कारोबारीले समयमा निर्णय लिन नसक्दा भै सक्ने काम पनि हुन नसक्ला। बीमा संग सम्बन्धित कारोबारीले उल्लेख्य लाभ लिन सक्नुहुनेछ भने साझेदारी व्यवसाय फस्टाउने छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

बहुमूल्य उपहारादी प्राप्त होला। बैंक तथा वाणिज्य सम्बन्धी व्यापारी, ठूलो लगानी गरी सञ्चालन गरिएको उद्योग गर्ने व्यापारीले आजको दिन सरकारी क्षेत्रबाट राहत पाउने योग छ। अड्केर रहेको कागजी कामहरू बन्ने छन्। जग्गा जमिन, बीमा लगायतका कारोबारीले सोचे जस्तो प्रतिफल पाउनसक्ने दिन रहेको छ।

वृश्चिक (न, नि, नु, ने, नो, या, यि, यु, ये)

मंगल र केतुको प्रतिकूल प्रभावले आज खर्च बढ्नसक्छ। कुनै नयाँ लगानी नगर्नु राम्रो हुनेछ, तर पुराना योजनामा ध्यान दिनुहोस्। आर्थिक निर्णयहरूमा धैर्यता अपनाउनुहोस्।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज बृहस्पतिको प्रभावले तपाईँको आयमा वृद्धि गराउन सक्छ। व्यापारिक क्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुनेछ र आम्दानीमा सुधार आउनेछ। तर, केतुको असरले अनावश्यक जोखिमबाट बच्न सल्लाह दिन्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

शनिको प्रभावले तपाईँलाई आर्थिक दृष्टिले सुरक्षित रहने संकेत दिन्छ। कुनै ठूला निर्णय लिनुभन्दा पहिले पूर्ण जानकारी लिनु आवश्यक छ। खर्चलाई नियन्त्रणमा राख्न ध्यान दिनुहोस् र बचत योजनामा जोड दिनुहोस्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

राज्यपक्षबाट असहज परिस्थितिको सामना गर्नपर्ला। समयमा काम नबन्दा तनावको स्थिति होला। दैनिक व्यवसायमा हानि व्यहोर्न पर्ला। बैंक तथा वित्तीय क्षेत्रका व्यापारीले धेरै सम्झौतामुखी बन्नपर्नेछ। झुटा आरोप लाग्ने अवस्था आउन सक्ला। साँझपछिको समय सहज बन्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

बीमा तथा मेडिकल सम्बन्धी कारोबारीले आकस्मिक लाभ पाउन सक्ने योग छ। रियल स्टेट, बैंक तथा वाणिज्य क्षेत्रमा तनाव आज पनि कायम रहनेछ। नयाँ लगानीको लागि अति सम्हालिनु पर्नेछ। गलत निर्णयको शिकार हुन सकिनेछ। मेशिनरी समान सम्बन्धी व्यवसायीहरूको लागि आजको दिन विशेष अशुभ रहन सक्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार