आज सोमबार सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला ८० रुपैयाँले महँगिएको छ।

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ रहेको थियो।

यता, चाँदीको मूल्य प्रतितोला ४ हजार ३२० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार २४० रुपैयाँ मा कारोबार भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार