सेयर बजार आज ९.९६ अंकले घट्याे, ८ अर्ब ३२ करोडको काराेबार

काठमाडौं – आज मंगलबार सेयर बजार ९.९६ अंक घटेको छ। योसहित तीन दिन लगातार बजार घटेको हो। आजको कारोबारपछि नेप्से परिसूचक २६८८ अंकमा कायम भएको छ। कारोबार सुरु भएको १३ मिनेटमै नेप्से २७०७ अंकसम्म पुगेको थियो। तर माथि टिक्न सकेन।

बजार घट्दा कारोबार रकम पनि खुम्चिएको छ। अघिल्लो दिन ८ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३२ करोडको भयो। ८६ कम्पनीको मूल्य बढ्दा १६० को घट्यो भने एउटाको स्थिर रह्यो।

अन्य सेक्टर सबैभन्दा धेरै २.२१ प्रतिशत बढ्यो। दुई ठूला कम्पनी नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सको मूल्य बढ्दा समग्र सेक्टर बढ्न मद्दत पुगेको हो। त्यस्तै होटल तथा पर्यटन समूह ०.७९ र उत्पादन समूह १.१८ प्रतिशत बढे। यीबाहेक सबै सेक्टर घटे। लगानी सबैभन्दा धेरै १.८७ प्रतिशत घट्यो।

बैंकिङ ०.७३, विकास बैंक १.६१, फाइनान्स ०.३५, हाइड्रोपावर ०.६७, जीवन बीमा ०.२४, माइक्रोफाइनान्स ०.३३, निर्जीवन बीमा ०.४१ र व्यापार १.६५ प्रतिशत घटेकाे छ।

प्रतिक्रिया
सम्बन्धित समाचार