काठमाडौं । भक्तपुरस्थित हनुमन्तेखोलाको बाढी बढिरहेको छ । जल तथा मौसम विज्ञान विभागले हनुमन्ते खोला आसपास र डुबान भइरहने ठाउँका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
विभागले काभ्रेपलाञ्चोकस्थित रोशी खोलामा पनि बाढी बढिरहेको बताएको छ । उक्त खोला आसपास र डुबान भइरहने ठाउँका बासिन्दालाई सतर्क रहन विभागले भनेको छ ।
बिहीबार दिउँसोदेखि नै लगातार भइरहेको वर्षाका कारण विभिन्न नदी तथा खोलामा बहाव बढिरहेको छ ।