केआईओसीएचलाई प्रमिलाकाे एक करोड सहयोग

काठमाडौं–डा. भगवान कोइरालाले स्थापना गरेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ ९केआईओसीएच०लाई महिला सशक्तिकरण र समतामूलक समाज निर्माणको वकालत गर्दै आएकी प्रमिला आचार्य रिजालले एक करोड रुपैयाँ दिएकी छन्।

आचार्यले सोमबार उक्त रकमको चेक केआईओसीएचका संस्थापक डा कोइरालालाई प्रदान गरेकी हुन्।

शहरी गरिब, दुर्गम क्षेत्रका बालबालिका र अन्य विपन्न समुदायमा विशेष ध्यान केन्द्रित गर्दै सेवा दिँदै आएको उक्त संस्थाको अभियानमा सहयोग पुगोस भनेर आचार्यले एक करोड नेपाली रुपैयाँको चेक कोइरालालाई हस्तान्तरण गरेकी हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार