काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ६ जनाको आवेदन परेको छ ।
यही असार २२ गते अन्तिम दिनसम्म ६ जनाको आवेदन परेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज जनाएको छ ।
आवेदन दिनेहरुमा छविराज पोखरेल, कौशल केसी, सञ्जिवकुमार देव, नागेन्द्र साह, सरोजकुमार शर्मा र दिपेन्द्रकुमार देव रहेका छन् ।
आवेदन दिएकाहरुको कार्ययोजना प्रस्तुतिकरण र अन्तरवार्ताको मिति र स्थान पछि तय गरिने मन्त्रालयले आज प्रकाशित गरेको सूचनामा उल्लेख छ ।