साताको अन्तिम कारोबार आठ अंक घट्यो नेप्से, दैनिक कारोबार ४ अर्ब पनि पुग्न सकेन

काठमाडौं–  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अघिल्लो साताको कारोबारको दिन २६४९.५१ बिन्दुमा पुगेकोमा शुक्रबार २६५३.४० बिन्दुमा पुगेको छ । जुन बिन्दु अघिल्लो हप्ताको तुलनामा ३.८९ अंकले धेरै हो ।

तीन महिनादेखि औसत रूपमा ओरालो लाग्दै आएको नेप्सेमा यो साताको दैनिक कारोबार कुनै पनि दिन ४ अर्ब पुग्न सकेन । सोमबार २ अर्ब ५८ करोड ८३ लाख ७६ हजार ३२ रुपैयाँ, मंगलबार ३ अर्ब ७ करोड ५६ लाख ५७ हजार ८७३ रुपैयाँ, बुधबार ३ अर्ब ५७ करोड ४१ लाख ६७ हजार ५८७ रुपैयाँ, बिहीबार ३ अर्ब ८ करोड ५९ लाख १२ हजार १४५ रुपैयाँ र शुक्रबार ३ अर्ब २६ करोड ३३ लाख ५ हजार ४७ रुपैयाँ बराबरको कारोबार भयो ।

जसमध्ये सोमबार, मंगलबार र शुक्रबार नेप्से घट्यो भने बुधबार र बिहीबार नेप्से बढ्यो । अघिल्लो साताको अन्त्यमा सेयर कारोबारपछि नेप्सेको कुल पुँजीकरण ४५ खर्ब ३४ अर्ब ६९ करोड २९ लाख २० हजार रहेकोमा शुक्रबारको कारोबारपछि नेप्सेको पुँजीकरण ४५ खर्ब ५९ अर्ब ९ करोड ४८ लाख ६० हजार रुपैयाँ बराबर पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार