काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अर्जेन्टिनाका कप्तान लियोनल मेसी जोर्डनविरुद्धको अन्तिम खेलमा बेन्चमा रहने सम्भावना छ । मुख्य प्रशिक्षक लियोनल स्कालोनीको भनाइ उद्धृत गर्दै बीबीसीले मेसी समूह चरणअन्तर्गत जोर्डनविरुद्धको खेलमा बेन्चमा रहन सक्ने जनाएको हो ।
यद्यपि, दोस्रो हाफमा मेसी मैदानमा प्रवेश गर्न सक्ने जनाइएको छ । “जोर्डनविरुद्धको खेलमा मेसी बेन्चमा रहनेछन् । मेसी दोस्रो हाफमा मैदान प्रवेश गर्न सक्छन् । टिमले उनीसँग यसबारे संवाद गरिसकेको छ । मेसी यसबारे सकारात्मक पनि छन्,” बीबीसीले लेखेको छ ।
अर्जेन्टिनाले जोडर्नविरुद्ध खेल्दै भोलि समूह चरण टुंग्याउँदै छ । यी दुईबीचको खेल अमेरिकाको डालास रंगशालामा नेपाली समयानुसार बिहान ७ः४५ बजे सुरु हुनेछ ।
मुख्य प्रशिक्षक स्कालोनीले उक्त रणनीतिले मेसीलाई लयमा राख्न सहयोग गर्ने विश्वास व्यक्त गरे । समूह समूह ‘जे’मा रहेको अर्जेन्टिनाले यसअघि नै अन्तिम–३२ मा स्थान बनाइसकेको छ ।