रास्वपाका सदस्य ५ लाख २३ हजारभन्दा बढी

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सदस्य ५ लाख २३ हजार ४५६ जना रहेका छन् ।

रास्वपाको पहिलो महाधिवेशनको बन्दसत्रमा मंगलबार महामन्त्री कविन्द्र बुर्लाकोटीले पेस गरेको सांगठनिक प्रतिवेदनमा सो संख्या उल्लेख छ ।

प्रतिवेदनअनुसार रास्वपाका सबैभन्दा बढी सदस्य मधेस प्रदेशमा २३.३ प्रतिशत रहेका छन् । सदस्यको दोस्रो ठूलो संख्या वाग्मती प्रदेशमा २०.५ प्रतिशत रहेको छ ।

प्रतिवेदनअनुसार रास्वपाका लुम्बिनी प्रदेशमा १४.५ प्रतिशत, कोसी प्रदेशमा १४ प्रतिशत, गण्डकी प्रदेशमा ११.८ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा १०.६ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.२ प्रतिशत सदस्य रहेका छन् ।

रास्वपाको सदस्यता लिनेमध्ये ३ लाख ९६ हजार ७८९ जना पुरुष (७५.८ प्रतिशत) र महिला ८९ हजार ८९६ जना (१७.२ प्रतिशत) रहेका छन् ।

प्रतिवेदनअनुसार रास्वपाका कोसी प्रदेशमा ७३ हजार ३५५, मधेस प्रदेशमा एक लाख २१ हजार ८९९, वाग्मती प्रदेशमा एक लाख ७ हजार ३२०, गण्डकी प्रदेशमा ६१ हजार ९२५, लुम्बिनी प्रदेशमा ७५ हजार ९६२, कर्णाली प्रदेशमा २७ हजार ३२५ र सुदूरपश्चिम प्रदेशमा ५५ हजार ६७९ जना सदस्य छन् ।

रास्वपाका सदस्यमा सबैभन्दा ठूलो संख्या १८ देखि ४५ वर्ष उमेर समूहकाको रहेको छ । यो उमेर समूहका सदस्य रास्वपामा ३ लाख ३५ हजार ४७८ जना छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार