सेयर बजार आज २६ अंकले घटेर २६७४ विन्दुमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) २६ अंकले घटेको छ । मंगलबार (असार ९) बजार २६.१६ अंकले घटेको हो । योसँगै बजार मापक २६७४.४८ विन्दुमा झरेको छ ।

बजार घट्दा २२ कम्पनीको सेयर मूल्य बढेको छ । २३९ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

यस दिन चार अर्ब ३६ करोड २१ लाख ९४ हजार ७७१ रुपैयाँबराबरको सेयर किनबेच भयो । एक करोड ४० हजार १६४ कित्ता सेयर ७२ हजार ८५४ पटकमा किनबेच भएको हो ।

टक्सार पिखुवाखोला र याम्बलिङ हाइड्रोको सेयर मूल्य १५ प्रतिशतले बढेको छ । लक्ष्मी उन्नति कोष, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम, सनराइज ब्लुचिपलगायत कम्पनी उच्च कमाउने शीर्ष स्थानमा रहे ।

समूहगत सूचकतर्फ म्युचअल फन्डबाहेकका सबै समूह घटेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार