काठमाडौं । शेयर बजार झिनो अंकले तल झरेको छ । कारोबार रकम साढे ४ अर्ब पनि पुग्न सकेन ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १.४६ अंकले घटेको हो । ०.०५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७००.६५ अंकमा झरेको छ ।
समग्रमा बजार घटे पनि फाइनान्स, माइक्रो फाइनान्स र ट्रेडिङ समूह बढेका छन् भने बाँकी अरु समूह राताम्मे भए ।
आज ३५३ कम्पनीका ८१ लाख ३८ हजार ४ सय ३३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४४ करोड ६५ लाख २० हजार २ सय ४७.३९ रुपियाँ बराबरको कारोबार भएको छ ।
टक्सार पिखुखोला र याम्बालिङ हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी १५–१५ प्रतिशतले नाफा कमाएका छन् । यी दुबै कम्पनीको शेयर कारोबार आजदेखि शुरु भएको हो ।
नेपाल बैंकको ऋणपत्र २०८७ का लगानीकर्ताहरुले सबैभन्दा बढी ३.८७ प्रतिशतले घाटा व्यहोरेका छन् ।