आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपियाँ ६२ पैसा र बिक्रीदर १५१ रुपियाँ २२ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपियाँ ६६ पैसा र बिक्रीदर १७३ रुपियाँ ३४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपियाँ ३४ पैसा र बिक्रीदर २०० रुपियाँ १३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपियाँ ७६ पैसा र बिक्रीदर १८७ रुपियाँ ५० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपियाँ ६१ पैसा र बिक्रीदर १०६ रुपियाँ ०४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपियाँ ४६ पैसा र बिक्रीदर १०६ रुपियाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपियाँ ६५ पैसा र बिक्रीदर ११७ रुपियाँ ११ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३४ पैसा र बिक्रीदर नौ रुपियाँ ३८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ २५ पैसा र बिक्रीदर २२ रुपियाँ ३४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ १३ पैसा र बिक्रीदर ४० रुपियाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ३५ पैसा र बिक्रीदर ४१ रुपियाँ ५२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५८ पैसा र बिक्रीदर चार रुपियाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ०१ पैसा र बिक्रीदर ४१ रुपियाँ १७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपियाँ ४१ पैसा र बिक्रीदर ३६ रुपियाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ८४ पैसा र बिक्रीदर नौ रुपियाँ ८८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ७३ पैसा र बिक्रीदर १५ रुपियाँ ७९ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ १० पैसा र बिक्रीदर २३ रुपियाँ १९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ २१ पैसा र बिक्रीदर १९ रुपियाँ २९ पैसा, कुवेती दिनार एकको खरिददर ४९० रुपियाँ १४ पैसा र बिक्रीदर ४९२ रुपियाँ ०९ पैसा, बहराइन दिनार एकको खरिददर ३९९ रुपियाँ ५२ पैसा र बिक्रीदर ४०१ रुपियाँ ११ पैसा, ओमनी रियाल एकको खरिददर ३९१ रुपियाँ २४ पैसा र बिक्रीदर ३९२ रुपियाँ ७९ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार