ह्वात्तै घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको भाउमा प्रतितोला १० हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुनको भाउ प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको छ ।

बिहीबार सुनको रेट २ लाख ९७ हजार २०० रुपैयाँ थियो । चाँदीको भाउ पनि प्रतितोला ३०५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ४ हजार ६४० रुपैयाँमा कारोबार हुँदैछ । बिहीबार ४ हजार ९४५ रुपैयाँ थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार