काठमाडौं । सरकारले लामो समयदेखि विवरण अद्यावधिक नगरेका र जरिवाना तिर्न बाँकी रहेका कम्पनीहरूको जरिवाना र शुल्क मिनाहा गर्ने भएको छ ।
कम्पनी रजिष्ट्रारको कार्यालयले आज सूचना जारी गर्दै कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा हुने उल्लेख गरेको हो ।
जरिवानाका कारण कम्पनी सञ्चालन वा खारेजी प्रक्रियामा समस्या भोगिरहेका अवस्थामा उक्त कार्यालयले शुल्क, दस्तुर तथा जरिवाना मिनाहा गरेर राहत दिन लागेको हो ।
कम्पनीहरूले कानुनले तोकेको म्यादभित्र विवरण पेश नगरेको वा शुल्क तथा जरिवाना दाखिला नगरेको भए तापनि असोज मसान्तभित्र निश्चित प्रक्रिया पूरा गरेमा त्यस्ता सबै जरिवाना मिनाहा हुने सूचनामा उल्लेख छ ।
