आज बिहीबार ८ अंक घट्यो सेयर बजार

काठमाडौँ– बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ। आज नेप्से परिसूचक ८.१४ अंकले घटेर २७२८.०३ विन्दुमा पुगेर बन्द भएको हो।

आज बजारमा ३५० वटा कम्पनीका ९२ लाख ३१ हजार २१६ कित्ता सेयर ५८ हजार ३९१ पटक खरिदबिक्री हुँदा कूल ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार ८९४ रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा ८२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १७८ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ। १३ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

आज सर्वाधिक कमाउने कम्पनीहरूमा सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावर रहेका छन्। सोपानको सेयर मूल्य १५ प्रतिशतले बढेर ४६२.४० पुगेको छ भने एपोलोको मूल्य १४.९७ प्रतिशतले बढेर ३९६.२० पुगेको छ। यस्तै बोटलर्स नेपालको मूल्य ८.३३ प्रतिशतले बढेर प्रतिकित्ता १५६०० रुपैयाँ पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार