नेप्सेसँगै कारोबार रकम पनि घट्यो 

काठमाडौं – आज बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से १३.४६ अंकले घटेर २७६६.७८ विन्दुमा बन्द भएको छ। नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

बुधबार ५ अर्ब ७३ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब ७० करोड रूपैयाँको कारोबार भएको छ। यसदिन ३५३ वटा धितोपत्रको एक करोड ६ लाख १७ हजार ४८३ कित्ता सेयर किनबेच भएको हो।

बिहीबार ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ वटाको घटेको छ। यस्तै, ६ कम्पनी स्थिर छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार