नेप्से आज सामान्य अंकले बढ्यो, पाँच अर्ब ७३ करोडको कारोबार

काठमाडौं । अघिल्लो दिन २२.२१ अंक बढेको सेयर बजार बुधबार जम्मा २.६६ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २७८० अंकमा कायम भएको छ । बजार दिनभर नै सामान्य उतारचढावमा रह्यो ।

१४९ कम्पनीको मूल्य बढ्दा ११६ को घट्यो भने ६ को स्थिर रह्यो । कारोबार रकम बढेको छ । अघिल्लो दिन ५ अर्ब २६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७३ करोडको भयो ।

अघिल्लो दिन फाइनान्स समूहमा आकर्षण देखिएको थियो । सो समूह अघिल्लो दिन सबैभन्दा धेरै ६ प्रतिशत बढेको थियो । आज भने निर्जीवन बीमा समूहमा आकर्षण देखियो । यो समूह आज ३.३७ प्रतिशत बढ्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार