हिमालयन इन्भेस्टमेन्ट बैंकरको सीईओमा शैलेश सुवेदी नियुक्त

काठमाडौं । हिमालयन इन्भेस्टमेन्ट बैंकर को प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मा शैलेश सुवेदी नियुक्त भएका छन्। कम्पनीको जेठ १९ गते बसेको सञ्चालक समितिको बैठकले सुवेदीलाई चार वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार उनले आगामी असार १५ गतेभित्र पदभार ग्रहण गर्नेछन्। नयाँ नेतृत्वसँगै कम्पनीले लगानी बैंकिङ सेवा विस्तार, पूँजी बजारसम्बन्धी परामर्श सेवा सुदृढीकरण तथा संस्थागत विकासका कार्यक्रमलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार