आज कति पुग्याे सुनचाँदीकाे भाउ ?

काठमाडौं । विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज स्थिर छ । चाँदीको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मूल्य तीन लाख ११ हजार ३०० रुपैयाँ कायम भएको छ । मङ्गलबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

आज एक तोला चाँदी पाँच हजार ३७० रुपैयाँ मा खरिदबिक्री भइरहेको छ । हिजो त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ४०५ मा किनबेच भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार