काठमाडौं । प्रहरीले वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पक्राउ गरेको छ । मंगलबार बिहान पर्साको ठोरीबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सिंहविरुद्ध यसअघि नै जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला अदालत पर्साले लिखतसम्बन्धी कसुरमा पक्राउ गर्न मेयर सिंहविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।