इरानसँगको युद्धविराम सम्झौता टुंगो लागेको अमेरिकी दाबी 

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् ।

उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन सक्ने तथा होर्मुज जलमार्ग पुनः खुलाउन सक्ने बताइएको छ । यद्यपि, दुवै पक्षबीच अझै पनि गहिरो अविश्वास कायम रहेको छ भने महत्वपूर्ण मुद्दाहरूमा मतभिन्नता जारी छ ।

ट्रम्पले लेखेका छन्, “हाम्रो अद्भूत र अभूतपूर्व नौसैनिक नाकाबन्दीका कारण होर्मुज जलमार्गमा फसेका जहाजहरू, जसलाई अब फुकुवा गरिनेछ, उनीहरूले ‘घर फर्किने’ प्रक्रिया सुरु गर्न सक्छन् ।”

उनले अर्को सूचना नभएसम्म कुनै पनि पैसाको लेनदेन नहुने बताए । निकै कम महत्वका अन्य विषयहरूमा सहमति भइसकेको छ । “अन्तिम निर्णय लिनका लागि म अब ‘सिचुएसन रुम’मा बैठक बस्दै छु, उनले भनेका छन् ।

ट्रम्पले शुक्रबार यस विषयमा छलफल गर्न आफूले ‘सिचुएसन रुम’मा सल्लाहकारहरूसँग बैठक गरिरहेको बताएका थिए । त्यसको केही घण्टापछि ह्वाइट हाउसले बैठक सकिएको जानकारी दिए पनि थप विवरण भने सार्वजनिक गरेन ।

अर्कोतर्फ, इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता एस्माएल बघाएले अमेरिकासँग कुनै पनि सम्झौता अझै टुंगोमा नपुगेको स्पष्ट पारेका छन् ।

“परमाणु मुद्दाजस्ता अन्य बुँदाहरू पनि उल्लेख गरिएका छन् । तर, म के कुरामा जोड दिन चाहन्छु भने, हामी यतिबेला युद्धको अन्त्यमा मात्र केन्द्रित छौँ,” उनले भने, “परमाणु कार्यक्रमका विस्तृत विवरणबारे छलफल गरिरहेका छैनौँ ।” अलजजिरा

प्रतिक्रिया
सम्बन्धित समाचार