काठमाडौँ । बिहीबार ह्वात्तै घटेको सुनचाँदीको मूल्य आज त्यसैगरी बढेको छ । आज सुनको मूल्य प्रतितोला ५६ सय र चाँदीको मूल्य प्रतितोला १७५ रुपियाँ बढेको हो ।
हिजो सुनको मूल्य ५५ सय र चाँदीको मूल्य २१५ रुपियाँ बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मोल प्रतितोला रु २ लाख ९० हजार ६ र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ५ हजार ४० कायम भएको छ ।