आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले दिए राजीनामा

काठमाडौं– नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले पदबाट राजीनामा दिएका छन् ।

बुधबार उनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादव लाई राजीनामा पत्र बुझाएका हुन् ।

सरकारले राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूलाई जिम्मेवारी सहज बनाउन मार्गप्रशस्त गर्न आग्रह गरेपछि उनले सोही अनुरूप राजीनामा दिएको बताइएको छ । आफूले सरकारको कामकाजलाई सहज बनाउने उद्देश्यले पद त्याग गरेको उनको बुझाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार