काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमध्ये चारवटा शतप्रतिशत नतिजासहित माध्यमिक शिक्षा परीक्षा ९एसईई० २०८२ मा ७६।७५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका छन् ।
एसईई २०८२ मा काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयबाट तीन हजार १९८ जना ९७६।७५ प्रतिशत० विद्यार्थी ग्रेडेड भएका कामपाले जनाएको छ । कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालका अनुसार, यस वर्ष परीक्षामा सामेल ६० वटा विद्यालयमध्ये केन्द्रीय बहिरा माध्यमिक विद्यालय, श्रम राष्ट्रिय माध्यमिक विद्यालय, बाल व्यवसायी माध्यमिक विद्यालय र बाल सेवा माध्यमिक विद्यालयले शत्प्रतिशत नतिजा हासिल गरेका छन् ।
परीक्षामा सहभागी चार हजार १६७ विद्यार्थीमध्ये चार जीपीए प्राप्त गर्ने २८ विद्यार्थी छन् । उनीहरूमध्ये ज्ञानोदय माध्यमिक विद्यालयका २१, तरुण माविका एक, शिवपुरी माविका एक, विश्व निकेतन माविका तीन र रत्नराज्य माविका दुई विद्यार्थी छन् । गएको वर्ष १७ जनाले चार जीपीए प्राप्त गरेका थिए ।
लबदष्
िगएको वर्ष चार हजार ८५ परीक्षार्थीमध्ये तीन हजार १०९ जना ९७६।०८ प्रतिशत० ग्रेडेड थिए । यस वर्ष ८२ जना बढी विद्यार्थी परीक्षामा सहभागी भए । गएको वर्षभन्दा यो वर्ष ०।६७ प्रतिशत बढी विद्यार्थी ग्रेडेड भएका ढकालले जानकारी दिए ।
उनीहरूमध्ये ३।६ देखि चार जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ५४३ जना छ । ३।२ देखि ३।६ जीपीए ल्याउने विद्यार्थीको संख्या एक हजार चार जना, २।८ देखि ३।२ जीपीए ल्याउने एक हजार १५३ जना, २।४ देखि २।८ जीपीए ल्याउने ४६९ जना, २।० देखि २।४ जीपीए ल्याउने १४ जना छन् ।
यसमा गएको वर्ष क्रमशः ७७४ जना, एक हजार १५६ जना, ९०२ जना, २४६ जना र १४ जना थियो । यो नतिजा हेर्दा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीको संख्या वृद्धि भइरहेको र तल्लो तहको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूको संख्या घट्दै गएको छ । यो नतिजा सुधारका कोणबाट सकारात्मक सुधार हो ।