काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको कार्यकाल समाप्त भएको छ । ६ वर्षअघि प्रमुख निर्वाचन आयुक्त बनेका थपलियालाई शुक्रबार आयोगमा एक कार्यक्रम आयोजना गरेर अन्य पदाधिकारी र कर्मचारीहरुले विदाइ गरेका छन् ।
थपलियाले ०७६ सालदेखि निर्वाचन आयोगको नेतृत्व सम्हालेका थिए । उनको नेतृत्वमा ०७९ सालमा तीनवटै निर्वाचन सम्पन्न भएका थिए ।
थपलियाको कार्यकालमा निर्वाचन आयोगले दल विभाजनसम्बन्धी विवादहरुको सामना गर्नुपरेको थियो । उनकै कार्यकालमा जिनर्वाचन सम्बन्धी एकीकृत कानून बनाउने प्रयास आयोगले गरे पनि सरकारले त्यसलाई गम्भीर रुपमा नलिँदा थपलिया त्यसमा भने सफल हुन सकेनन् । साथै राजनीतिक दलसम्बन्धी कानून संशोधनको प्रयास पनि अधुरै रह्यो ।