शुक्रबार रातिबाट टेलिकमको टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने

काठमाडौं । नेपाल टेलिकमले शुक्रबार रातिबाट शनिबार बिहानसम्म टेलिफोन र इन्टरनेट सेवा बन्द हुनसक्ने जनाएको छ ।

टेलिकमले एक सूचना जारी गर्दै वैशाख ५ गते शुक्रबार राति ९ बजेदेखि शनिबार बिहान ७ बजेसम्म दूरसञ्चार कार्यालय सुन्धाराअन्तर्गतका स्थानमा सेवा अवरुद्ध हुनसक्ने जनाएको हो ।

जसबाट असन, ठहिटी, भेडासिंङ, इन्द्रचोक, महाबौद्ध, किलागललगायत स्थान प्रभावित हुन सक्नेछन् ।

टेलिकले ‘फाइबर टु द होम’ एफटीटीएच मर्मत गर्ने र उक्त अवधिमा सेवामा समस्या हुन सक्ने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार