आजको आर्थिक राशिफल

वैशाख ५, २०८२ (अप्रिल १८, २०२५) को आर्थिक राशिफल :

मेष (Aries): मेष राशिकाेअनपेक्षित खर्चको सम्भावना रहेकोले बोली र व्यवहारमा सतर्कता अपनाउनुहोस्।

वृष (Taurus): कुनै जमघटमा सामेल हुने मौका मिल्न सक्छ र अनपेक्षित लाभ प्राप्त हुने सम्भावना छ।

मिथुन (Gemini): इष्टमित्रसँगको भेटले मन रमाउनेछ र विविध कुरामा छलफल हुन सक्छ।

कर्कट (Cancer): कुनै कुराले बाँधिएको महसुस हुनसक्छ, तर जिम्मेवारी पूरा गर्ने प्रयास हुनेछ।

सिंह (Leo): अनपेक्षित तनाव हुनसक्छ, तर तटस्थ रहँदै काम गर्ने प्रयास गर्नुहोस्।

कन्या (Virgo): निम्तालु बनेर जानुपर्ने हुनसक्छ र आकस्मिक लाभ प्राप्त हुने सम्भावना छ।

तुला (Libra): प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ र आर्थिक लाभ हुनेछ।

वृश्चिक (Scorpio): मन चञ्चल रहन सक्छ; प्राथमिकतामा ध्यान दिनुहोस् र कामलाई पछि सार्नुपर्ला।

धनु (Sagittarius): कसैको कुरालाई गम्भीरता नलिनु उचित हुनेछ; हतारिएर प्रतिक्रिया नदिनुहोस्।

मकर (Capricorn): पारिवारिक जमघट हुनसक्छ र भावी कामबारे चर्चा हुनेछ।

कुम्भ (Aquarius): कसैलाई तपाईंको साथको आवश्यकता पर्न सक्छ; व्यस्तताका कारण केही काममा समय दिन नपाइन सक्छ।

मीन (Pisces): मन उत्साहित रहनेछ र प्रायः सबै काम सफलतापूर्वक सम्पन्न हुनेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार