काठमाडौं । चन्द्रागिरि इन्भेस्टमेन्ट ग्रुपले १० करोड रुपैयाँबराबरको १० लाख कित्ता सेयर (आईपीओ) सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ ।
कम्पनीको शनिबार सम्पन्न पहिलो साधारणसभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीको अधिकृत पुँजी ५० करोड रुपैयाँ छ ।
साधारणसभाले चुक्ता पुँजीको चार प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । यसैगरी, ६ जना सञ्चालक पनि निर्विरोध चयन गरिएको छ ।
निर्वाचित हुने सञ्चालकहरूमा राजन श्रेष्ठ, रामराजा आचार्य, प्रकाशमान श्रेष्ठ, धीरेन्द्र श्रेष्ठ, शंकर महर्जन र वीरेन्द्र श्रेष्ठ छन् ।
साधारणसभाले अध्यक्ष राजन श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरेको छ ।
होल्डिङ कम्पनीका रूपमा रहेको चन्द्रागिरि इन्भेस्टमेन्टले इन्द्रेणी मसरुम फर्म, द निलय होटल्स लिमिटेड, काउले भाइनयार्ड एग्रो, एभरेस्ट कलर र मेरो किसानलगायतका कम्पनीमा लगानी गरेको अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए ।