काठमाण्डौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज दिउँसो १ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको छ। बैठक आकस्मिक राखिएको कारण र एजेण्डा आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन। हमन्त्री सुधन गुरुङको काभ्रेस्थित रोशी खोला निरीक्षण कार्यक्रमअघि प्रधानमन्त्रीले यो बैठक आह्वान गरेका हुन् ।
गृहमन्त्रीको सचिवालयका अनुसार मन्त्रिपरिषद्को बैठकमा सहभागी भएपछि मात्रै गृहमन्त्री गुरुङ काभ्रेको रोशी खोला क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रस्थान गर्नेछन् । वर्षायाममा हुने बाढी र स्थानीयको समस्याबारे स्थलगत अध्ययन गर्न जानुअघि मन्त्रिपरिषद् महत्त्वपूर्ण विषयमा छलफल हुने बुझिएको छ ।