अब शुक्रबार पनि नेप्से खुल्ने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अबदेखि साताको कारोबार तालिकामा परिवर्तन गर्दै शुक्रबार पनि शेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको छ। सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेप्सेले आफ्नो कार्यतालिका परिमार्जन गरेको हो।

आइतबार बसेको सञ्चालक समिति बैठकले सातामा पाँच दिन नियमित कारोबार कायम राख्न शुक्रबार बजार खुला गर्ने निष्कर्ष निकालेको हो। यस निर्णयसँगै अब आइतबार बजार पूर्णरूपमा बन्द रहनेछ भने शुक्रबार नियमित रूपमा कारोबार हुनेछ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईँका अनुसार शुक्रबार कार्यालय समय साँझ ५ बजेसम्म रहनेछ र सोही अवधिमा शेयर किनबेचका सबै प्रक्रिया सञ्चालन हुनेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार