नेप्सेमा एक वाणिज्य बैंकसहित पाँच कम्पनीको २ करोड १५ लाख कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा २ करोड १५ लाख ४८ हजार १ सय ३२.१६९ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

एक वाणिज्य बैंक, दुई विकास बैंक, एक लघुवित्त र एक हाइड्रो कम्पनीको उक्त शेयर आज सूचीकृत भएको हो ।

यसैक्रममा प्राइम कमर्सियल बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ८ प्रतिशत बोनस बापतको १ करोड ५५ लाख २२ हजार ६०.५७ कित्ता शेयर सूचीकृत भएको छ ।

यसैगरी साग्रिला डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ५ प्रतिशत बोनस बापतको १७ लाख ७८ हजार १ सय २७.८६ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

यसैबीच महालक्ष्मी विकास बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ५ प्रतिशत बोनस बापतको २१ लाख ४८ हजार २ सय २९.०७९० कित्ता बोनस शेयर पनि आजै सूचीकृत भएको छ ।

त्यसैगरी माहुली लघुवित्तले शेयरधनीहरुलाई प्रदान गरेको ४.७५ प्रतिशत बोनस बापतको १ लाख ७५ हजार ७ सय १३.६६ कित्ता शेयर सूचीकृत भएको छ ।

उता, अरुण भ्याली हाइड्रोले शेयरधनीहरुलाई प्रदान गरेको ५ प्रतिशत बोनस बापतको १९ लाख २४ हजार १ कित्ता बोनस शेयर पनि आजै सूचीकृत भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार