काठमाडौं । सरकारले एसईई दिएपछि हुने इन्ट्रान्स तयारी तथा ‘ब्रिज कोर्स’ कक्षामा रोक लगाउने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा तथा ब्रिज कोर्स सञ्चालन नगर्न निर्देशन दिएको छ ।
शिक्षामन्त्री सस्मित पोखरेलले एसईई दिएका विद्यार्थीलाई अतिरिक्त भार नपार्नका लागि उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया सुरु हुनु अघि ब्रिज कोर्स सञ्चालन नगर्न भनेको हो ।
मन्त्रालयका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीको मनोवैज्ञानिक अवस्था तथा शिक्षामा समान पहुँचमा नकारात्मक असर पार्नुका साथै अभिभावकलाई अनावश्यक आर्थिक भार पर्ने भएकाले यसलाई बन्द गर्ने निर्णय गरिएको हो।