उच्च पदस्थको सम्पत्ति छानबिन गर्ने सरकारी पहल सकारात्मक – राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन कुमार श्रेष्ठले उच्च पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने सरकारी पहललाई सकारात्मक कदमका रूपमा लिएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले २०४६ सालपछि नियुक्त वा निर्वाचित उच्च पदस्थहरूको सम्पत्ति छानबिनको माग राप्रपाले लामो समयदेखि उठाउँदै आएको बताए। उनका अनुसार यो विषय पार्टीले सडकदेखि संसदसम्म निरन्तर उठाएको मात्रै होइन, पार्टीका नीतिगत दस्तावेज र चुनावी प्रतिबद्धतामा समेत प्राथमिकताका साथ समावेश गर्दै आएको छ।

उनले सरकारको १०० दिने कार्ययोजनामा यस विषयलाई समेटिएकोमा स्वागत व्यक्त गर्दै निष्पक्ष र पूर्वाग्रहविहीन ढङ्गले छानबिन प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन्। साथै, यस्तो कदमले सुशासन स्थापित गर्न मद्दत पुग्ने विश्वास समेत उनले व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार