म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन – रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जाँचबुझ आयोगमा बयान दिँदै भदौ २४ को घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी संलग्न नरहेको बताएको खुलेको छ ।

जाँचबुझ आयोगको प्रतिवेदनमा लामिछानेको बयान पनि समेटिएको छ । आयोगमा बयान दिँदै लामिछानेले आफू र आफ्नो पार्टी भोलिपल्टको विध्वंसात्मक घटनामा संलग्न नभएको बताएका हुन् । कोही कतै संलग्न रहेको भेटिए कारबाही गर्ने भनी उनले आयोगमै प्रतिवद्धता जनाएका थिए ।

लामिछानेले भदौ २४ गते आफू नख्खु कारागारबाट नभागेको बरु कारागार प्रशासनका सुरक्षा अधिकारी र अरु कर्मचारीले सुरक्षाका कारण आफूलाई कारागार बाहिर गइदिन अनुरोध गरेको जिकिर गरेका छन् । पछि भीड नख्नुतिर आउँदै गरेको र त्यस्तो अवस्थामा सुरक्षाकर्मीहरुको आग्रहमा आफूले भीडलाई सम्झाएको उनको जिकिर छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार