आज कति पुग्याे सुन तोलामा ?

काठमाडौं – नयाँ बर्ष २०८२ सालको कारोवारको पहिलो दिन सुन तोलामा एक हजार ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुन तोलाको एक लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । आइतबार चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार