काठमाडौँ– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा सात हजार आठ सय रुपैयाँले घटेर तोलामा दुई लाख ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाइको छ ।
बिहीवार सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ११५ रुपैयाँले घटेर चार हजार आठ सय ९५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा पाँच हजार १० रुपैयाँ कायम भएको थियो ।