आज मंगलबारको आर्थिक राशिफल !

🐏 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज साझेदारी व्यापारमा लाभ मिल्नेछ। महत्वकांक्षी योजनाहरू प्रारम्भ गर्न सक्नुहुनेछ। पायक स्थानमा भ्रमणका योग छन्।

🐂 वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

नोकरी वा पेशामा समय अनुकूल नहुन सक्छ। अज्ञात व्यक्तिसँग व्यवहार गर्दा सावधानी राख्नुहोस्। कार्यक्षेत्रमा अपजस खेप्नुपर्ला।

👫 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। एकल भन्दा सामूहिक लगानी र निर्णयबाट फाइदा हुनेछ। व्यापारमा नाफा आर्जन गर्ने योग छ।

🦀 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्नेछ। राजनीतिक क्षेत्रमा भन्दा व्यापारमा फाइदा हुनेछ। परिवारसँगको व्यवहार सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

🦁 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

परिवारको साथमा महत्त्वपूर्ण काम बन्नेछ। सहकर्मीको साथ मिल्नेछ। मिहिनेतका साथ गरेको काम सफल बन्ने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। साथीको साथ मिल्नेछ।

👧 कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

धनलक्ष्मी योग परेको छ। सञ्चित धनको सदुपयोग गर्नुपर्ने दिन छ। एकल भन्दा समूहिक लगानीबाट नाफा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। कृषि क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

⚖️ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

विरोधी समूह सक्रिय भए पनि मिहिनेतको फल प्राप्त हुनेछ। अवरोध देखिए पनि कामलाई निरन्तरता दिएमा सफलता मिल्नेछ। लामो मिहिनेतपछि प्राप्त उपलब्धिले ठुलो खुशी मिल्नेछ।

🦂 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

श्रम गरेको क्षेत्रबाट पारिश्रमिक प्राप्त हुनेछ। श्रमको मूल्यांकन उचित हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। साथीको साथमा काम बन्ने योग छ।

🏹 धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

समस्या देखिए पनि कामलाई निरन्तरता दिनु उचित हुन्छ। सम्पत्तिको पछाडि लाग्नु भन्दा इज्जतको विषयमा गम्भीर बन्नुपर्ने दिन छ।

🐐 मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आजका लागि तपाईंको दिन सामान्य छ। हरेक काममा मिहिनेत गर्नुपर्ने देखिन्छ। श्रमको मूल्य प्राप्त हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा खुशी मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

🌊 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सन्तानको पठनपाठनमा धन खर्च हुनेछ। वकालतको क्षेत्रमा आफ्नो कुरालाई राख्नमा सफल रहनुहुनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। गृहणीहरूको धर्मकर्ममा रुचि बढ्नेछ।

🐟 मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

कार्यक्षेत्रमा आएका बाधाहरूलाई पन्छाउँदै लगनशीलताले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। यात्रा गर्दा सावधान रहनुहोला। अनावश्यक किनमेलमा वृद्धि हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार