राशिफल : २०८२ सालको आर्थिक संभावनाको पूर्वानुमान

🐏 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शेयर बजार र साझेदारीमा नयाँ कार्य प्रारम्भ गर्न सकिनेछ। व्यावहारिक कार्यहरूमा प्रगति हुनेछ। नयाँ निर्णय लिनुभन्दा अघि सोचबिचार गर्नुहोस्। शेयर बजारबाट लाभ मिल्न सक्छ। बृहस्पति र केतुको प्रभावले केही सकारात्मक फल मिल्नेछ। तर, शनिको साढे सातीले मानसिक चिन्ता र शारीरिक पीडा ल्याउन सक्छ। खर्चमा सावधानी अपनाउनुहोस्।

🐂 वृष (उ, वा, वि, वु, वे, वो)
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने सम्भावना छ। श्रम परे पनि उपलब्धि कम मात्र प्राप्त हुनेछ। स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुन सक्छ। यो वर्ष लाभप्रद रहनेछ। शनि, राहु र गुरु अनुकूल भएकाले आर्थिक पक्ष बलियो हुनेछ। वैदेशिक यात्राको अवसर मिल्नेछ र कानुनी मामिलामा सफलता प्राप्त हुनेछ।

👯 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
कामले यात्राको अवसर दिलाउन सक्छ। नयाँ ज्ञान सिक्ने मौका छ। दाम्पत्य जीवन रमाइलो रहनेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो हुनेछ। आतिथ्यपूर्ण सम्मान पाइनेछ। यो वर्ष राम्रो रहनेछ। अध्ययन र अध्यापनमा सफलता मिल्नेछ। सरकारी नोकरीमा सफलता प्राप्त हुनेछ। तर, राहु र शनि प्रतिकूल भएकाले खर्चमा नियन्त्रण आवश्यक छ।

🦀 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापारलगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले काममा उत्साह जाग्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। यो वर्ष सामान्य फलदायी रहनेछ। आकस्मिक धन लाभ र सुख शान्तिमा वृद्धि हुनेछ। उच्च शिक्षाको लागि वैदेशिक यात्रा सफल रहनेछ।

🦁 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सिंह राशिका जातकका लागि समग्रमा २०८१ साल त्यति खास नरहला। शनि, बृहस्पति, राहु र केतुको प्रभावले वर्षभरी नै तपाईँलाई कमजोर बनाउन सक्छ, कार्यमा ढिलासुस्ती, आर्थिक नोक्सानी, वादविवाद, डर र चिन्ता जस्ता फल भोग्नु पर्ला। तर यदि जन्मकुण्डलीमा यी ग्रहहरूको अवस्था राम्रो भएमा नराम्रा फलको सामना गर्नु पर्दैन। राम्रो ग्रहले उच्च पद, प्रतिष्ठा र शुभ फल दिनेछन्। आँटेको र गरेको कार्यबाट सफलता मिल्नेछ।

👩‍🦰 कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
बेसुरमा दिएको वचनले समस्या निम्त्याउनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। पछिका लागि जोहो गर्नुपर्ने समय छ। व्यापार लगायत आर्थिक काममा मन्दी आउन सक्छ। शत्रु नाश हुनेछ र मानसम्मान बढ्नेछ। राजनीतिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ।

⚖️ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आम्दानी प्रशस्तै बढ्नेछ। कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। अधुरा कार्यहरू पूरा हुनेछन्। आकस्मिक धन लाभ हुनेछ र भूमि तथा भवन जोड्न सकिनेछ।

🦂 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

🏹 धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विघ्न बाधाहरू आउन सक्छन्। तर, गुरुको शुभ प्रभावले घर परिवारमा मांगलिक कार्य सम्पन्न हुनेछ।

🐊 मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।  शनि शुभ फलदायी रहनेछ। सरकारी कार्यक्षेत्रमा पदोन्नतिको योग छ। तर, खर्चमा वृद्धि हुन सक्छ।

🌊 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
श्रमको उचित मूल्यांकन हुनेछ भने उठ्नुपर्ने रकम तत्काल हातलागी हुनेछ। सहयोगीहरूको साथले चिताएका काम सम्पादन हुनेछन्। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। नोकरी पेसामा उन्नति हुनेछ। धार्मिक यात्राको योग छ। तर, मनमा शंका उत्पन्न हुन सक्छ, सतर्क रहनुहोस्।

🐟 मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
काममा विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्न सफलता मिल्नेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार