काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार (फागुन १४) सेयर बजार सामान्य अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, यस दिन बजार ६.०३ अंक अर्थात् ०.२२ प्रतिशतले बढेर २६५४.९३ विन्दुमा बन्द भयो ।
३३५ कम्पनीको एक करोड ५३ हजार कित्ता सेयर किनबेच हुँदा चार अर्ब १७ करोड रुपैयाँको कारोबार भयो ।
अघिल्लो दिन चार अर्ब ४५ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको थियो ।
सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सकारात्मक सर्किट लेभलमा कारोबार भयो । सालपाको प्रतिकित्ता ५३ र रिलायन्सको ४८ रुपैयाँले मूल्य बढ्यो । १० प्रतिशत नबिल डिबेन्चरका लगानीकर्ताले ३.६० प्रतिशत गुमाए ।