काठमाडौं–चारदेशीय टी-२०आई सिरिजको उपाधि जित्न नेपालले १७५ रनको लक्ष्य पाएको छ।
नेपालले मिसन रोड मैदानमा टस जितेर पहिले कुवेतलाई ब्याटिङको लागि उतार्यो। कुवेतले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७४ रन बनायो।
कुवेतका लागि ओपनर रविजा सन्दारुवानले सर्वाधिक ६० रन बनाए। क्लिन्टो एन्टोले २६, मिट भावसार १६ र मोहम्मद उमर अब्दुल्लाले २३ रनको योगदान दिए।
बलिङमा नेपालका नन्दन यादव र सोमपाल कामीले २-२, करण केसी र कुशल भुर्तेलले एक-एक विकेट लिए।
नेपाल लिग चरणको शीर्ष स्थानमा रहँदै र कुवेत दोस्रो भएर फाइनलमा पुगेका हुन्।