काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुली पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस सभापति गगनकुमार थापाले पराजुलीलाई आज बिहान सर्लाहीमा आयोजित कार्यक्रममा पार्टीमा स्वागत गर्नुभयो । रास्वपा जानुअघि पराजुली कांग्रेसमै थिए ।
पराजुली २०७९ को प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट रास्वपाको उम्मेदवार बनेका थिए ।
मकवानपुरको मनहरी गाउँपालिका निवासी पराजुली मकवानपुरको पश्चिम क्षेत्रमा राम्रो पकड भएका नेता मानिन्छन् । यसपटक प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाबाट टिकटको प्रमुख दावेदार रहेपनि पछि आएकालाई टिकट दिएपछि पराजुली असन्तुष्ट बनेका थिए ।
मकवानपुरमा पार्टी निर्माणमा योगदान गरेकालाई पाखा लगाएर पछि आएकालाई टिकट दिएको भन्दै रास्वपाका धेरै कार्यकर्ता असन्तुष्ट भएका छन्।