सात महिनामा भित्रिए १३ अर्ब ८५ करोडको ५ हजार ८९६ वटा ईभी गाडी

काठमाडौं । चालु आर्थिक वर्ष २०८२-८३ को सात महिनामा ५ हजार ८९६ वटा विद्युतीय गाडी (ईभी) भित्रिएका छन् । भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि माघसम्ममा २ वटा अन-एसेम्बल गरिएको गाडीसहित उक्त संख्यामा कार भित्राएका हुन् ।

विभागको तथ्याङ्कमा १३ अर्ब ८५ करोड १ लाख ३५ हजार रुपियाँको उक्त ईभी कार भित्रिएको उल्लेख छ । अघिल्लो महिना अर्थात् पुस महिनासम्म भने ५ हजार ७३ वटा वटा विद्युतीय विभिन्न क्षमताका ईभी कार, जीप र भ्यान भित्रिएका थिए ।

साथै, माघ महिनासम्म उक्त रकम बराबरको ईभी कार आयात हुँदा सरकारलाई ८ अर्ब ४६ करोड २६ लाख ७७ हजार रुपियाँ राजश्व प्राप्त भएको छ ।

नेपालमा ईभीप्रति आकर्षण र प्रयोगमा रफ्तार देखिँदा आयातमा पनि उल्लेखनीय वृद्धि भएको हो । ५० किलोवाटको अन–एसेम्बल गरिएको २ वटा ईभी​​गाडी आएको भन्सार विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार