नेप्से ०.०४ अंकले घटेर २६६२.०९ विन्दुमा, आठ अर्ब ६९ करोडको कारोबार 

काठमाडौं । साताको चौथो कारोबार दिन धितोपत्र दोस्रो बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) स्थिर रह्यो । यस दिन नेप्से ०.०४ अंकले घटेर २६६२.०९ विन्दु कायम भएको छ ।

यस दिन ११३ कम्पनीको मूल्य बढेको छ भने ११३ कम्पनीको मूल्य घटेको छ । दुई करोड २२ लाख ८२ हजार कित्ता ८२ हजार पटकमा किनबेच हुँदा आठ अर्ब ६९ कराड २२ ला रुपैयाँभन्दा बढीको कारोबार भयो ।

अघिल्लो दिन आठ अर्ब ६१ करोडभन्दा बढीको कारोबार भएको थियो । आज रिदी पावरको मूल्य सर्वाधिक ९.६७ रुपैयाँले बढेको छ । सुपर माई हाइड्रोपावरका लगानीकर्ताले प्रतिकित्ता ५७ रुपैयाँ घाटा व्यहोरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार