भुजुङ्ग हाइड्रोको आईपीओ बाँडफाँट, तपाइलाई कति पर्यो ?

काठमाडौं । भुजुङ्ग हाइड्रोपावरले माघ १२ गतेदेखि १५ गतेसम्म निष्काशन गरेको आईपीओ आज बाँडफाँट भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडका अनुसार उक्त कम्पनीको शेयर ८३ हजार जनाले १०–१० कित्ताका दरले पाएका छन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड र मेरोसेयर एकाउन्ट बाट आईपीओको नतिजा हेर्न सक्नेछन् । त्यस्तै, सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ र कम्पनीको वेबसाइट​बाट पनि रिजल्ट हेर्न सकिनेछ ।

यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँड गरिसकेको कम्पनीले गत माघ १२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो ।

कम्पनीले १ अर्ब रुपियाँ जारी पूँजीको २० प्रतिशत बराबर हुने २० करोड रुपियाँको २० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो । यसमध्ये १० लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र १ लाख कित्ता शेयर विदेशमा कार्यरत नेपालीहरूका लागि छुट्याएर निष्काशन भइसकेको छ ।

दोस्रो चरणमा कम्पनीले कर्मचारीहरूका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषका लागि ५० हजार कित्ता शेयर सुरक्षित राखी बाँकी ८ करोड ३० लाख रुपियाँ बराबरको ८ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार