होटल फरेष्ट इनको आईपीओ भर्ने आज अन्तिम मौका

काठमाण्डौ । होटल फरेष्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आम सर्वसाधारणका लागि गत माघ २२ गतेदेखि ३३ लाख २० हजार कित्ता सेयर जारी गरेको थियो ।

कम्पनीले सामूहिक लगानी कोषका लागि २ लाख कित्ता कित्ता र कर्मचारीहरुका लागि ८० हजार कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै, लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले गत पुस २० गते ४० करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका ४० लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार