नेप्से २७ अंकले उक्लियो, कारोबार ११ अर्ब नाघ्यो

काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २७.१९ अंकले बढ्दै २७०८.७० विन्दुमा पुगेको छ। पछिल्ला दुई दिनको गिरावटपछि बजारमा सुधार देखिएको हो।

३२६ कम्पनीको १ लाखभन्दा बढी कारोबारबाट ११ अर्ब ५८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर र मोदी इनर्जीमा सकारात्मक सर्किट लागेको छ।

यूनियन हाइड्रोपावर ५८ करोडभन्दा बढी कारोबारसहित शीर्ष स्थानमा रहँदा अधिकांश उपसमूहका सूचक बढेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार