भुजुङ्ग हाइड्रोको आईपीओमा २६ लाख ६५ हजारको आवेदन

काठमाडौं । भुजुङ्ग हाइड्रोपावरले माघ १२ गतेदेखि आज १५ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा २६ लाख ६५ हजार १ सय ७४ जनाको आवेदन परेको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार आज अन्तिम समयसम्म ३ करोड ७ लाख ८४ हजार ८ सय २० कित्ताको लागि आवेदन परेको हो ।

यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँड गरिसकेको कम्पनीले गत माघ १२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो ।

कम्पनीले १ अर्ब रुपियाँ जारी पूँजीको २० प्रतिशत बराबर हुने २० करोड रुपियाँको २० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो । यसमध्ये १० लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र १ लाख कित्ता शेयर विदेशमा कार्यरत नेपालीहरूका लागि छुट्याएर निष्काशन भइसकेको छ।

दोस्रो चरणमा कम्पनीले कर्मचारीहरूका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषका लागि ५० हजार कित्ता शेयर सुरक्षित राखी बाँकी ८ करोड ३० लाख रुपियाँ बराबरको ८ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार