कुमारी बैंकको नाफा र प्रतिशेयर आम्दानीमा उछाल

काठमाडौं । कुमारी बैंकको नाफाले छलाङ मारेको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणमार्फत् बैंकको नाफा र प्रतिशेयर आम्दानीमा उछाल देखिएको हो ।

यो वर्षको दोस्रो त्रैमासमा बैंकले अघिल्लो वर्षको तुलनामा ८८७.५० प्रतिशत नाफा बढाएको हो । गत आवको पुस मसान्तसम्म २७ करोड ५३ लाख रुपियाँ खुद नाफा कमाएकोमा यो वर्ष यस्तो नाफा २ अर्ब ७२ करोड पुगेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा इम्पेरमेन्ट चार्जका कारण कम नाफा देखिएको बैंकको यो वर्ष सो चार्ज घटेको छ । जसले गर्दा नाफामा छलाङ मारेको देखिएको हो ।

बैंकले गत आवको पुस मसान्तसम्म ५ अर्ब ३१ करोड ३९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा २७.६५ प्रतिशतले बढेर ६ अर्ब ७८ करोड ३५ लाख रुपैयाँ पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार