सामान्य अंकले बढ्यो शेयर बजार,  कारोबार ११ अर्बमा सीमित 

काठमाडौं । अघिल्ला दुई कारोबार दिनमा घटेको सेयर बजार बुधबार (माघ १४) ५.३८ अंक बढेको छ । साताको सुरुवातमा (आइतबार) ५७ अंकले बढेको बजार सोमबार ३.०७ तथा मंगलबार ४२.५८ अंक घटेको थियो । यस दिन बजार २७३१.८९ विन्दु कायम छ ।

यस दिन १४१ कम्पनीको सेयर मूल्य बढ्दा ११२ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

बजारसँगै कारोबार रकम पनि घटेको छ । बुधबार ११ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । अघिल्ला दुई दिन क्रमशः १३ र १६ अर्ब माथिको कारोबार भएको छ ।

बजार बढ्दा कर्पोरेट डेभलपमेन्ट बैंक तथा आँखुखोला जलविद्युत् कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । मिथिला लघुवित्त, पिपुल्स पावर, बुद्ध भूमि जलविद्युत् आयोजनाको सेयर उच्च कमाउने कम्पनी रहे ।

समूहगत सूचकतर्फ बैंकिङ सूचक, इन्भेस्टमेन्ट, लाइफ इन्स्योरेन्स, माइक्रो फाइनान्स, निर्जीवन बिमा सूचक घट्दा बाँकी समूह बढेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार